‘स्थानीय सरकार र नागरिक समाज मिलेर अघि बढे राष्ट्र समृद्ध हुने’

२९ फाल्गुन २०७५, बुधबार २१:११

सोम गुरुङ, नेपालगञ्ज-
नेपालगन्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा आएपछि उपमहानगरपालिकाले प्रवाह गर्ने सेवामा नगरवासीको पहँुचमा सहजता, पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन सफल भएको बताएका छन् । त्यसैगरि स्थानीय सरकार र नागरिक समाज मिलेर अघि बढेमा राष्ट्र समृद्ध हुने नागरिक समाजले जोड दिएका छन् ।
सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले प्रविधिलाई अपनाएर सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरेकोको उपमहानगरपालिकालाई धन्यवाद दिंदै आगामी दिनहरुमा नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य गरि अघि बढेमा समृद्ध समाज हुने बताए ।

युएसआइडी र एफएचआई ३६० को सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परयोजना अन्तर्गत काठमाडौ लिभिङ ल्याबको प्राविधिक सहयोगमा निर्मीत वेभसाइड र एप्लीकेशनको महत्व बारे नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जानकारी गराएका हुन् । यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगञ्जमा शुरु गरिएको हो भने यस अघि निलकण्ठ नगरपालिकामा मात्र सेवा शुरु भएको छ । नेपालगञ्ज उममहानगरपालिकाका मेयर डा.धवल सम्शेर राणाले नगरपालिकाले दिने सेवा सुविधालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन नागरिक समाजको भुमिका महत्व रहेको कथन थियो । साथै उनले प्रविधिलाई सँगसँगै जोडेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नगर उपप्रमुख उमा थापामगरले प्रविधिमैत्री सेवाले जनताको कामलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुका साथै जहाँ नागरिक समाज बलियो हुन्छ त्यहाँ सुशासन, जवाफदेही र पारदर्शिता हुने उपप्रमुख थापामगरको भनाई थियो । सो कार्यक्रममा प्रवक्ता एन्डी डी आर्मेट, दूतावास सञ्चार संयोजक अपार पौडेल,एफएचआई ३६०का प्रमुख विष्णु सापकोटा, एफएचआई ३६०का उपप्रमुख सजना महर्जन, यूएसआइडीका सुशासन विज्ञ कृष्ण पाठक सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी लगायतको सहभागिता रहेको थियो ।
वेभसाइडमा उपमहानगरपालिकाको प्रोफाइल, वेजट, परियोजना, सेवा, संशाधन, सूचना तथा गतिवीधी, नक्शा आदि सम्पूर्ण तथ्यहरु समावेश छन् । वडाका सम्पूर्ण सेवा, योजना प्रगतिसगै स्थानीय नागरिकहरुले निशुल्क टोलफी नम्बरमा फाने गरि आफनो समस्या राख्ने व्यवस्था समेत मिलाइएको छ । आजै नेपालगञ्जमा लोकतान्त्रिक शासनमा नागरिक समाज र सञ्चारकर्मीको भुमिका विषयक छलफलमा पनि नागरिक समाजले स्थानीय सरकार र नागरिक समाज मिलेर अघि बढे मात्र राष्ट्र समृद्ध हुने बताएका छन् ।

कार्यक्रममा प्राध्यापक डा. जनार्दन आर्चाय, फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मोहमम्दी सिद्धिकी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिहं थारु, ईन्सेकका प्रमुख भोला महत, हिमराइट्सका प्रमुख प्रकास उपाध्याय लगायतले आआफनो विचार राखेका थिए ।

नेपालकालागि अमेरिकी दूतावास र शेयरकास्ट इनिसियटिभले प्रदान गरेको ‘खोज पत्रकारिता फेलोसिप अवार्ड’ बाट बाँके जिल्लाबाट पत्रकारिता गर्दैं आएका पत्रकार शंकरप्रसाद खनाल, कृष्ण अधिकारी र रुपा गहतराजलाई ३० हजार नगदसहित प्रमाणपत्रले नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले सम्मान गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*