जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा प्राविधिक पदको दरखास्त आव्हान

२९ फाल्गुन २०७५, बुधबार १८:०९

सर्लाही-
जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा रिक्त रहेको प्राविधिक पदको लागि दरखास्त आव्हान गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा प्राविधिक नायब उपरीक्षक, प्रावधिक निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रावधिक प्रहरी साहयक निरीक्षक र प्रावधिक प्रहरी जवान पदहरुमा पदापूर्ति गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीले दरखास्त आव्हान गरको हो ।

खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त फारम वितरण तथा दर्ता गर्ने म्याद गएको फागुण १६ गते बाट शुरु गरिएको छ भने फारम वितरण तथा दर्ता गर्ने अन्तिम म्याद आउँदो चैत्र २२ गते रहने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप जानकारीका लागि कार्यालयको भर्ना तथा छनौट शाखामा सम्पर्क गर्नका लागि अनुरोध समेत गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*