सम्भावित दुर्घटना रोक्नको लागि सूचना माग

२३ फाल्गुन २०७५, बिहीबार २२:५५

सोम गुरुङ, बाँके-
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ रानी तलाउ नजिकै रहेको ट्रान्र्सफरमरले गर्दा सोे क्षेत्रमा हिंडडुल गर्ने बटुवाहरु ठूलो जोखिम मोलेर हिंडडुल गर्न बाध्य रहेका छन् । सो स्थान नजिक विद्यालय र रानीतलाउ पार्क पनि रहेकोले विद्यार्थी र बालबालिकाहरु सो बाटो गरेर हिडडुल गर्दछन् । पानी परेको समयमा सो ट्रान्र्सफरमरबाट करेन्ट प्रवाह हुने हुँदा मानिसहरु सम्भावित जोखिममा रहेको छ । सो प्रति कसैको ध्यान नजादा त्यो बाटो गरि हिड्ने बटुवालाई खतरा रहेको स्थानीय नागरिक बताउँछन् । ट्रान्र्सफरमर बाटोदेखि करिब २ मिटर माथि मात्र रहेको छ ।

सो समस्यालाई समाधान गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नको लागि बिद्युत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकासँग सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नेपालको संविधान २०७२ को धारा २७ दफा ३ अनुसार सो ट्रान्र्सफर्मर कहिले सारिने हो? कसले, कहिले सार्ने हो भनी नेपालगञ्ज उपमहानगरपवालिका वडा नं.६ का स्थानीय बासिन्दा लक्ष्मी तिवालीले राष्ट्रिय सूचना आयोग, कोटेश्वर, काठमाण्डौ ,सूचना अधिकार केन्द्र, नेपालगञ्ज ,अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र, सम्पर्क कार्यालय नेपालगञ्ज, बाँकेलाईृ बोधार्थ पत्र पठाई बिद्युत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकासँग सूचना माग गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*