उखु किसानको तीन दिने अल्टीमेटम, माग पूरा नभए कडा आन्दोलन गर्ने कृषकहरुको चेतावनी

२१ फाल्गुन २०७५, मंगलवार २२:०१

फाईल फोटो

सन्जु कर्ण,सर्लाही-
उखु किसानले पाउने अनुदानको रकम भुक्तानी गर्न उखु किसानले तीन दिनको अल्टीमेटम दिएका छन् । गत आर्थिक वर्ष २०७४/७५ मै बेचेको उखुको सरकारको तर्फबाट पाउनु पर्ने अनुदान बापतको ६५ रुपैयाँ २८ पैसा र उद्योगको तर्फबाट पाउनु पर्ने ५ रुपैयाँ २८ पैसा अझंै नपाएको भन्दै अबको तिन दिन भित्र भुक्तानी नपाए कडा आन्दोलन गर्ने उखु किसानहरुले पत्रकार सम्मेलन मार्फत चेतावनी दिएका हुन ।

नेपाल उखुउत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, नेपाल उखु किसान संघका अध्यक्ष राजकुमार उप्रेती, उखु उत्पादक मिलगेट समिति हरिवनका अध्यक्ष बेद वहादुर वुढाथोकी र किसान हक हित संक्षण समितिका उपाध्यक्ष रामशरण उप्रेतीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा सरकारले उपलब्ध गराउने भनिएको उखुको अनुदान रकम तुरुन्त पाउनु पर्ने, आर्थिक वर्ष २०७४/७५ मा उद्योगबाट पाउन बाँकी रकम तुरुन्त पाउनु पर्ने र आर्थिक वर्ष २०७५÷७६ मा उखु किसान र चिनी उद्योग बीच भएको सम्झौता अनुसार किसानले उखु बेचेको ३० देखि ४५ दिन भित्र भुक्तानी पाउनु पर्ने भनिएको छ ।

उखु किसानका प्रतिनिधीले आफुहरुको माग ३ दिन भित्र पूरा नभए कडा आन्दोलन गर्ने बताएका छन् । उखुको भुक्तानी नपाउदा मजदुरहरुलाई ज्याला समेत तिर्न नसकेको बताउँदै किसानहरुले सरकार उखु किसानको पक्षमा नदेखिएको दावी गरेका छन् । किसानलाई पिडामा राखेर देशमा समृद्धि ल्याउँछु भन्नु सरकारको दिवास्वप्न मात्रै भएको बताएका छन् । आफुहरुले पटक पटक सवै पक्षसँग विभिन्न चरणमा वार्ता गरेको भए पनि वार्ताका क्रममा भएका सहमति समेत कार्यान्वयन नहुनुले आफुहरुलाई सरकार नै नभएको भान भएको किसान नेताहरुले बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*