प्रादेशिक महोत्सवमा आरटिआई क्लिनिक सञ्चालन

२१ फाल्गुन २०७५, मंगलवार २१:५१

नेपालगञ्ज-
नेपालगञ्जमा सञ्चालन भईरहेको प्रादेशिक महोत्सवमा सूचनाको हक, सुशासन र नेपालको कानुुन बारे जानकारी दिईएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र ईक्वेल एक्सेस ईन्टरनेशनलले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत आरटिआई क्लिनिक सञ्चालन गरेको छ ।

पारस्परिक जवाफदेहिता परियोजना नेपालको ३४ जिल्लामा सञ्चालन रहेको छ । सूचनाको हक र सामाजिक जवाफदेहिताका औजारबारे सचेतना फैलाउने कार्य गरिरहेको संस्थाका अध्यक्ष विश्वजित तिवारीको कथन छ ।

स्थानीयतहमा स्रोत परिचालनमा हुन सक्ने अनियमितता विरुद्ध युवाहरुको चासो प्रवद्र्धनकालागि “मेरो पालिका मेरो चासो अभियान”को बारे स्थानीयतहको बजेट खर्च कसरी भएको छ भन्ने बारे जानकारी दिन अभियान सञ्चालन गरिएको ईक्वेल एक्सेस ईन्टरनेशनलका मिडिया आउटरिच म्यानेजर बिशाल राना मगरले जानकारी दिए ।

महोत्सवमा विभिन्न समुदायका नागरिकहरु आउने हुदा सूचनाको हक र कानुनको बारे जानकारी दिने उद्धेश्यले आरटिआई क्लिनिक सञ्चालन गरिएको संस्थाका कार्यक्रम प्रबन्धक रविन्द्र कुमार ज्ञवालीले बताए ।

नेपालगञ्जउद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सूचना सबै भन्दा बलियो हतियार भएको बताए साथै सूचनामा आम नागरिकको पहुँच हुुनु पर्नेमा जोड दिए । दैनिक नेपालगजका प्रधान सम्पादक झलक गैरैले नयाँ कानुनबारे सचेतना जगाउने र सूचनाको हकको बारे नागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*