३ दिने आधारभूत मनोसामाजिक स्याहार तालिम समापन

२१ फाल्गुन २०७५, मंगलवार २१:३०

काठमाण्डौं-
सिविन–नेपाल र बालबालिका तथा किशोकिशोरी मानसिक यूनिट कान्ति बाल अस्पतालको संयुक्त आयोजना साथै नेशनल ईन्स्टिटियूट अफ मेन्टल हेल्थ एण्ड न्यूरोसाईन्सेस (निम्हान्स) बेंङलोरको प्राविधिक सहयोगमा ३ दिने कठिन परिस्थितीमा रहेका बालबालिकाहरुलाई आधारभूत मनोसामाजिक स्याहार तालिम मंगलवार सम्पन्न भएको हो ।

तालिममा बालबालिका र बाल्यवस्थासँग कसरी जोडिने, बालविकासको दृष्टिकोण कसरी लागू गर्ने, शक्ति र अधिकार, बालबालिकाको भावनात्मक र व्यवहारीक समस्याहरु, तिनीहरुको सन्दर्भ, अनुभव अन्तरध्वनी, बालबालिकालाई कसरी बुझ्ने, बच्चाहरुसँग कसरी सम्बन्ध विस्तार गर्ने, सञ्चार सीप, संवेगलाई कसरी पहिचान तथा स्वीकार गर्ने, सुनाई र रुची, बाल्यवस्थाको प्रस्तुतीकरण, र छलफल, पक्षपातरिहत प्रवृत्ति र स्वीकारोक्ती, प्रश्न सोध्ने र संक्षेपीकरण गर्ने सीप, लेखाजोखा र बालबालिकाको स्याहार योजना साथै प्रेषणका लागि मापदण्डका बारे भिजुलाईजेसन, पाईल अप, अवस्था अध्ययन, भूमिका, सुचिकृत, फिल्म विधीहरुबाट सीप सम्बन्धी सुक्ष्म तरीकाले छलफल गरिएको थियो ।

तालिममा मनोचिकित्सक, मनोविज्ञ, मनोविमर्शकर्ता, सामाजिक कार्यकर्ता, मनोविज्ञान अध्ययनरत त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो भने तालिमको सहजिकरण नेशनल ईन्स्टिटियूट अफ मेन्टल हेल्थ एण्ड न्यूरोसाईन्सेस (निम्हान्स) बेंङलोरका बालबालिका तथा किशोरकिशोरी मानसिक रोग विभागका प्रमुख बरिष्ठ प्राध्यापक शेखर सेशाद्री साथै किशोरकिशोरी मानसिक रोग विभागका परियोजना संयोजक शिला रामास्वामीले संयुक्तरुपमा गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*