आमाको पुकार

२० फाल्गुन २०७५, सोमबार २०:२०

“गर्छिन पुकार आमा रोई–कराई जोडले,
होईन मेरो भन्छिन् सन्तान थरी थरीका—”
कोही धनी असाद्धे,
काही गरीब माग्ने,
शक्तिनँ देख्न भन्छिन् सन्तान थरी थरीका ।।
नांगो छ आँग काहीं,
काही पोशाक मलमल,
शक्तिनँ हेर्न भन्छिन् सन्तान थरी थरीका ।।
सुनको छ थाल काहीं,
काहीं छ पात खाली,
शक्तिनँ सुन्न भन्छिन् सन्तान थरी थरीका ।।
बन्छन् ‘महल’ कसैका,
काहीं छ झुत्रो झुप्रो,
शक्तिनँ सहन भन्छिन् सन्तान थरी थरीका ।।

म.बी.बी. शाह


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*