मेलानद्वारा मृगौला पीडितलाई ४ लाख बढी आर्थिक सहयोग

१९ फाल्गुन २०७५, आईतवार २१:०६

मृगौला पीडित शाहलाई आर्थिक सहयोग गर्दै मेलानका पदाधिकारीहरु ।

भक्तपुर-
मेडिकल ल्यबोरेटरी एसोसिएसन नेपाल९मेलान० द्वारा दुवै मृगौला फेल भएका एक युवकलाई ठूलो धनराशी आर्थिक सहयोग गरेको छ । मानव अंग प्रत्यारोपनन केन्द्र भक्तपुरमा उपचार गराई रहेका झापा गौरादाहका२७ वर्षिय मृगौला पीडित सुरज शाहलाई शनिवार मेलानले उपचार खर्चका ४ लाख ११ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खडकाले उपचार केन्द्र भक्तपुर पुगेर पीडित साह र उनका आमालाई संयुक्त रुपमा चेक प्रदान गरेका हुन् । मेलानमा आवद्ध केन्द्र, प्रदेश, जिल्ला र इकाईबाट संकलित सो रकम उनको उपचारमा सघाउने उदेश्यले सहयोग गरेको खड्काले बताए ।

विगत १२ वर्षदेखि पेशागत हकहितका लागि मेलानले रचनात्मक कार्य गर्दै आएको भन्दै सामाजिक दायित्वको रुपमा पीडितलाई आर्थिक सहयोग गरिएको अध्यक्ष खड्काको कथन छ । अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरेर आर्थिक सहयोग गरिएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिए ।

आफ्नो उपचारका लागि मेलानले आर्थिक सहयोग गरेको प्रति कृतज्ञता व्यक्त गर्दै प्रयोगशालाकर्मी समेत रहेका सुरजले मानवीय सेवामा लागि रहन आग्रह गरे । कार्यक्रममा मेलानका संस्थापक उपाध्यक्ष राजबोली सम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष देवराज गौतम, अनुशासन आयोगका प्रमुख कृष्ण अधिकारी लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन मेलानका महासचिव रेशम अधिकारीले गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*