प्रकाशमान सोध्छन् : खानेपानी नभएको ठाउँमा पानीजहाज कहाँबाट आउँछ ?

१८ फाल्गुन २०७५, शनिबार १८:०९

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सुन्दा आनन्द आउने कुरा मात्रै गरिरहेको बताएका छन् ।

पानीजहाज ल्याउने सरकारको भनाइमाथि टिप्पणी गर्दै उनले भने, ‘खानेपानी नभएको काठमाडौंमा पानीजहाज कहाँबाट आउँछ ?’

शनिबार गण्डकी गाउँपालिका स्तरीय प्रशिक्षणको क्रममा उनले यस्तो बताएका हुन् । यस क्रममा उनले सरकार असफल भइसकेको दावी गरेका छन् । ‘सरकराले जनतालाई सुन्दा आनन्द आउने कुरा गर्छ, पानीजहाज, रेल आउने जस्ता कुरा । तर खानलाई पानी छैन कहाँबाट आउँछ पानीजहाज ?’ उनले सोधेका छन् ।

मेलम्चीको प्रसंग कोट्याउँदै उनले मन्त्रीले नै पार्टीको स्वार्थ अनुसार काम गरेको आरोप लगाएका थिए । साथै मेलम्ची प्रकरणमा सरकारको असक्षमता देखिएको उनको भनाइ छ ।

यसबाहेक कांग्रेसले प्रभावकारी प्रतिपक्षीको रुपमा काम गर्न नसकेको भन्दै पार्टी नेतृत्वमाथि उनको असन्तुष्टि थियो । पार्टीलाई विधिसम्मत रुपमा चलाउन पार्टी नेतृत्वसँग उनको आग्रह छ ।

साभार : अन्नपूर्ण पोष्ट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*