ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाःमन्त्री अधिकारी सहित ७ को मृत्यु

१५ फाल्गुन २०७५, बुधबार २१:३९

तस्बिर साैजन्य : एपीवान टेलिभिजन

ताप्लेजुङ : आज १२ः४० तिर सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र प्रसाद अधिकारी चढेको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित हेलिकप्टरमा सवार सातै जनाको घटनास्थलमै मृत्यु भएको छ । विमानस्थल निर्माणको सम्भाव्यताका सम्बन्धमा जनप्रतिनिधी, विभिन्न निकायका पदाधिकारी एवं स्थानीय सरोकारवालाहरुसँगको अन्तरक्रिया पश्चात काठमाण्डौं फर्किने क्रममा पाथिभरा मन्दिरको पश्चिम तर्फ फूङ्गलिङ्ग नगरपालिका वडा नम्बर १० मा पर्ने फूरुम्बु दारेढुंगा सिस्नेभिरमा हेलिकप्टर दुर्घटना भएको थियो ।

बिहान ८ः३७ बजे एयर डाईनेस्टिकको 9NAMI  AS350 B3e हेलिकप्टर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट काठमाण्डौंबाट त्यसतर्फ उडेको थियो ।

सरकारले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। बैठकले मन्त्री अधिकारीको शव काठमाडौं ल्याएपछि उनको राजकीय सम्मानका साथ बिदाइ गर्ने भएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र प्रसाद अधिकारी : मन्त्री सँस्कृति, पर्यटन तथा नागरिक उड््यान
आङ छिरिङ शेर्पाः अध्यक्ष, यति एअर लाईन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल :प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया :इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*