६ हजार बढि कार्यकर्ता उपस्थित गराउन, नेकपाको जनप्रतिनिधी तथा अगुवा कार्यकर्ता भेला

१४ फाल्गुन २०७५, मंगलवार २३:१५

सन्जु कर्ण,सर्लाही-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही क्षेत्र नम्बर ३ का जनप्रतिनिधी तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यही फागुण २५गते रौतहटको गरुडामा हुने सभालाइ सम्बोधन गर्न आउने कार्यक्रमलाइ सफल पार्नको लागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही क्षेत्र नम्बर ३ का जनप्रतिनिधी तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।

नेकपाका नेता विदुर प्याकुरेलको अध्यक्षतामा सर्लाहीको मुर्तियामा भेला सम्पन्न भएको हो । हिजो भएको भेलाले यहि फागुन २५ गते रौतहटको गरुडामा प्रदेश स्तरीय जनसभा हुने भएको हुदाँ उक्त सभामा सर्लाही क्षेत्र नम्बर ३ बाट ६ हजार भन्दा बढि कार्यकर्ता उपस्थित गराउने निर्णय गरिएको छ । भेलामा नेकपाका केन्दी्रय सदस्य डाचाराज वाग्ले, बदी्र न्योपाने, डिल्ली प्रसाद उप्रेती, रेवती पन्त, कल्पना कटुवाल, लगायतको नेता तथा पार्टी कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको पार्टी कार्यकर्ता चुडामणी वाग्लेले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*