बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि तालिम समापन

१४ फाल्गुन २०७५, मंगलवार २१:२५

प्रमेश बादे,जनकपुर-
फागुण ८ गते देखि देशमै पहिलो पटक प्रदेश नम्बर २ को जनकपुरमा भईरहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि तालिम आज समापन भएको छ । मानसिक चिकित्सक लगायत अन्य विभागका चिकित्सकहरु सहगागी भएका थिए । तालिम पश्चात विभिन्न कारणहरुले मानसिक स्वास्थ्य सम्बन्धित समस्या भएका बालबालिका तथा किशोरकिशोरीहरुसँग कसरी कुराकानी गर्ने, उपचार गर्ने, के कस्तो औषधीहरु चलाउने, अभिभावकहरुले कस्तो खालको मनोशिक्षा प्रदान गर्नु पर्ने साथै र रोगलाई व्यवस्थापन गर्ने बारे जानकार भएको सहभागी चिकित्सकले परिचर्चा न्यूज डटकमलाई बताएका छन् ।

तालिममा आवश्यक स्याहार र अभ्यास, सञ्चार सीप, मनोविमर्श, मनोशिक्षा, विकासात्मक र व्यवहारीक समस्या, छारेरोग, चिन्ता र तनावसँग सम्बन्धित समस्या तथा त्यसको व्यवस्थापन, अटिज्म, रुपान्तरित विकार, उदासिनता, स्व—क्षती, आत्महत्या, साईकोसिस (कडा खालका मानसिक रोग), लागुपदार्थको प्रयोग, बालबालिका तथा किशोरकिशोरी सम्बन्धित अन्य सामाजिक समस्या तथा सवालहरु बालबिवाह, यौन दुव्र्यवहार बारेमा छलफल तथा सहजिकरण भएको थियो ।

जनकपुर अस्पतालको नर्सिङ कलेजको हलमा भएको तालिममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवले तालिम सहजिकरण गर्ने कान्ति बाल अस्पतालका टिमलाई धन्यवाद दिनुका साथै तालिमको महत्वमाथी प्रकाश पार्दै नर्सिङ कलेजका नर्सहरुलाई पनि तालिम प्रदान गराउनका लागि अनुरोध समेत गरेका थिए ।

प्रदेश नम्बर २ अन्तर्गत स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झा सहजिकरण गर्ने कान्ति बाल अस्पतालका टिमलाई धन्यवाद दिएका थिए भने तालिममा सिकेको ज्ञान सीपहरु व्यवहारमा उतार्न चिकित्सिकहरुलाई अनुरोध समेत गरे अन्यथा तालिमको लागि मात्र तालिम हुने प्रशासक झाको धारणा थियो । त्यसै गरि बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धि आगामी दिनमा आफ्नो कार्यालयबाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुका साथै तीनै तहका सरकारहरुले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको सवालमा बजेट विनियोजन गर्नु पर्नेमा जोड समेत गरेका थिए ।

प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक चिकित्सक प्रमोद यादवले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य स्थिती भयावह बन्दै गएको कुरा बताए । जनकपुर अस्पतालमा दिनहुँजसो ३–४ जनाको पोष्टमार्टममा २–३ किशोरावस्थाका समूहका रहने गरेको निर्देशक यादवले बताएका छन् । ‘यस किसिमको तालिमको महत्व धेरै छ र सामुदायिकस्तरमा यस्तो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु दिगोरुपमा सञ्चालन गर्नु पर्दछ ’ उनले भने—‘ जिल्लाको १७ वटै पालिकामा कार्यक्रम लैजानु पर्दछ यसको लागि मेरो कार्यालयबाट हुने सहयोग सदैव रहन्छ ।’

यूनिसेफ, सिविन नेपालको सहयोगमा भएको तालिमको सहजिकरण मनोचिकित्सक अरुण राज कुँवर, मनोचिकित्सक गुन्जन ध्वोँज, डा. पशुपति महत, क्लिनिकल मनोविज्ञ सृजना अधिकारीले तालिमको सहजिकरण सहजिकरण गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*