लालबन्दीमा २ नम्बर प्रदेश स्तरीय फुटबल प्रतियोगिता २०७५ सुरु

९ फाल्गुन २०७५, बिहीबार २१:३४

सन्जु कर्ण,सर्लाही-
“आठौँ खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा” भन्ने मुल नाराका साथ सर्लाहीको लालबन्दीमा २ नम्बर प्रदेश स्तरीय फुटबल प्रतियोगीता २०७५ आजबाट सुरु भएको छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीको आयेजना तथा सर्लाही जिल्ला खेलकुद विकास समितीको सह–आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

धनु्षा र महोतरी बीच आज भएको पहिलो खेलमा धनुषालाई ३–२ गोल अन्तरले पछाडी पार्दै महोतरीले विजय सुरुवात गरेको छ । त्यस्तै रौतहट र सिरहा बीच पनि दोस्रो खेल भएको थियो । रौतहट विरुद्ध सिरहाले ०–१ गोल अन्तर को जीत निकालेको छ ।

भोलीको खेलमा पहिलो खेल सर्लाही र पर्सा त्यसै गरी दोस्रो खेल सप्तरी र बारा बीच २ खेल हुने आयोजकले बताएको छ । आजबाट सुरु भएको प्रतियोगीता फागुन १२ गते सम्म चल्ने छ । प्रदेश नम्बर ५ मा हुन लागेको प्रदेश स्तरीय खेलको लागी छनोट चरणको खेल सुरु भएको हो ।

सर्लाही जिल्ला प्रदेश ख की प्रदेश साँसद बेची लुङगेलीको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिती सर्लाहीका अध्यक्ष अर्जुन चौधरीको अध्यक्षतामा आजबाट सुरु भएको प्रतियोगीतामा २ नम्बर प्रदेश भरीका सबै ८ जिल्लाको सहभागीता रहेको आयोजकले बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*