जनकपुरमा बालबालिका तथा किशोरकिशोर मानसिक स्वास्थ्य सम्बन्धि तालिम

८ फाल्गुन २०७५, बुधबार १४:०३

प्रमेश बादे,जनकपुर-
बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि तालिम देशमै पहिलो पटक प्रदेश नम्बर २ को जनकपुरमा आज बुधवार देखि भैरहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका विशेषज्ञ मनोचिकित्सक डाक्टर बासुदेव कार्कीले जनाएका छन् ।

७ दिन सम्म सञ्चालन हुने सो तालिम जनकपुर अस्पतालका डाक्टर तथा नर्सहरुको सहभागीता रहेको छ । यस तालिमले मानसिक स्वास्थ्यको क्षेत्रमा खड्किरहेको विशेषज्ञ सेवाको अभावलाई स्थानीयस्तरमा उपलब्ध जनशक्तिको क्षमता विकास मार्फत पुरा गर्ने लक्ष्य लिएको छ ।

तालिम पश्चात बालबालिका तथा किशोरकिशोरीका मानसिक स्वास्थ्य प्रर्वद्धन, समस्याको समयमा नै पहिचान, उचित व्यवस्थापन र आवश्यकता अनुसार प्रेषण सेवा स्थानीयस्तरमा नै उपलब्ध हुने अपेक्षा गरिएको डा. कार्कीले परिचर्चा न्युज डटकमलाई बताए । मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास,भ्रम, सामाजिक कलंक, अज्ञानता, र गलत अभ्यासलाई चिर्नका लागि यस्ता कार्यक्रमहरु समुदायस्तर सम्म पु¥याउनु पर्ने आवश्यकता माथि डा. कार्कीले जोड दिएका छन् ।

प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर प्रमोद यादवले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यका बारेमा राष्ट्रियरुपमा नै कार्यक्रम बनाएर अगाडी बढाउनु पर्ने, विशिष्टकृत सेवाको विकास गरिनु पर्ने आवश्यकता माथि जोड दिंदै देशमै पहिलो पल्ट प्रदेश नम्बर २ मा बालबालिका तथा मानिसिक स्वास्थ्य सम्बन्धि तालिम भईरहेकोले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु, कान्तिबाल अस्पताल, यूनिसेफ, सिविन नेपाल लगायतका सहयोगी निकायहरु प्रति आभार समेत व्यक्त गरेका छन् ।

मनोचिकित्सक अरुण राज कुँवर, मनोचिकित्सक गुन्जन ध्वोँज, डा. पशुपति महत, क्लिनिकल मनोविज्ञ सृजना अधिकारीले तालिमको सहजिकरण गरिरहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*