सहमतिपछि उखु किसानद्धारा आन्दोलन फिर्ता

७ फाल्गुन २०७५, मंगलवार २२:२९

सन्जु कर्ण, सर्लाही-
सर्लाहीका उखु किसानले आन्दोलन फिर्ता लिएका छन् । आज हरिवनमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको रोहबरमा भएको छलफलमा चार बुँदे सहमति भएपछि किसानले उखुको अनुदान रकम मागगर्दै ६ गत्ते देखि सुरु गरेका आन्दोलन रोकेका हुन् ।

चिनी उद्योगहरुले गत आर्थिक वर्ष ०७४/०७५ मा किसानबाट खरिद गरेको विवरण एक हप्ताभित्र जिल्ला भुक्तानि समितिमा पठाउने र सो समितिले प्राप्त गरेको विवरण प्रमाणित गरेपछि किसानलाई अनुदान रकम वितरणका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयले चिनी उद्योगहरुलाई रकम पठाउने, चिनी उद्योगले खरिद गरेको उखुको परिमाणलाई आधार मानेर किसानलाई भुक्तानि दिने, किसानले रकम पाउने कुराको जिम्मेवारी चिनी उद्योगहरुले लिने र किसानले घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।

सहमतिपछि उखु किसानले गत वर्ष बिक्री गरेको उखुको प्रति क्वीन्टल ६५ रुपिँया २८ पैंसा तत्काल पाउने आश पलाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । पूर्व निर्धारित कार्यक्रम अनुसार उखु किसानले अनुदान रकम मागगर्दै हिजो मध्यान्ह पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा केहीबेर चक्काजाम गरेका थिए । दशैं लगत्तै आएको सो रकम झन्झटिलो प्रक्रियाका कारण किसानले अझै पाउन सकेका थिएनन् । सर्लाहीका उखु किसानका लागि २६ करोड ७४ लाख ३१ हजार रुपिँया कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवामा आएर थन्किएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*