बाराका प्रमुख जिल्ला अधिकारीको निधन

६ फाल्गुन २०७५, सोमबार १७:५५

फाईल तस्वीर

सर्लाही : सडक दुर्घटनामा घाइते भएर उपचार गरिरहेका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ ।

गत माघ १२ गते गृहनगर सर्लाहीको हरिवनबाट बारा फर्किने क्रममा पूर्व पश्चिम महेन्द्र राजमार्गको पसाहा खोलाको पुल नजिकै ढुंगा लोड गरेको टेलरमा ठोक्किदा गाडीमा सवाररत सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो भने प्रजिअ भट्टराई गम्भीर घाईते भएका थिए । प्रजिअ भट्टराईको निधनको पुष्टी उनका भाइ कुमार भट्टराईले पुष्टी गरेका छन् । उनको शवलाई केही बेरपछि आर्यघाट ल्याउने तयारी रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*