पार्टी एकता भन्नै नसकिने गरी ढिला भयो: प्रवक्ता श्रेष्ठ

२ फाल्गुन २०७५, बिहीबार १०:०२

सन्जु कर्ण, सर्लाही-
सर्लाही नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले तल्लो तहसम्म पार्टी एकता प्रकृया भन्नै नसकिने गरी ढिला भएको बताएका छन् । बुधवार सर्लाहीको लालबन्दीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता श्रेष्ठले त्यस्तो कुरा बताएका हुन् ।

‘तल्लो तहसम्म पार्टी एकता प्रकृया भन्ने नसकिने गरी ढिला भएको छ’, श्रेष्ठले भने, ‘पहिला ३ महिनापनि लाग्दैन भन्ने लागेको थियो, तैपनि ३ महिनाचाँही समय तोकौं भनेर राखियो, तर तीनगुणा बढी समय बितिसक्यो ।’ स्थायी कमिटीले गठन गरेको एकता कार्यदलले प्रतिवेदन बुझाईसकेको उल्लेख गर्दै अब चाँडै नै तल्लो तहसम्मको एकता प्रकृया टुंग्याउने गरी छलफल अगाडी बढिसकेको श्रेष्ठले बताए ।

लोकतन्त्रको नारा उचाल्दै प्रतिपक्ष नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको समेत सत्ताधारी दलका नेता श्रेष्ठले आरोप लगाए । ‘लोकतन्त्रको कुरा गर्ने तर जनताले चुनेको सरकारचाही मैले भने जसरी मात्र चल्नुपर्छ भन्ने प्रतिपक्षको मान्यता कसरी लोकतान्त्रिक चरित्र हुन्छ ?’ श्रेष्ठले प्रतिप्रश्न गरे, ‘लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने प्रतिपक्ष पार्टीले जनताले विश्वास गरेर बनेको सरकारलाई ५ वर्ष त काम गर्न दिनु परो नि ।’ भेनुजुयला प्रकरणमा सरकार र पार्टीको एकमत विचार रहेको दाबी गर्दै पूर्व परराष्ट्र मन्त्री समेत रहेको श्रेष्ठले कुनैपनि सार्वभौम देशप्रति बाह्य हस्तक्षेप सह्य नहुने दाबी गरे । दुई अध्यक्षले जे सुकै बोलेपनि भेनेजुयलाको विषयमा पार्टी र सरकारको धारणा एकमत रहेको श्रेष्ठको दाबी थियो । राजनैतिक क्रान्तिहरु सम्पन्न भएर संस्थागत हुने क्रममा रहेकाले अब मुलुकमा आर्थिक क्रान्तिको आवश्यकता रहेको श्रेष्ठले बताए । ‘राजनैतिक क्रान्तिबाट भएका परिवर्तन संस्थागत हुने क्रममा छ’, श्रेष्ठले भने—‘अब मुलुकको समृद्धिका लागि आर्थिक क्रान्तिको जरुरी छ ।’

लालबन्दी–४, हरिभवन करैयामा २०६० मा शहदात प्राप्त ठाकुर काफ्ले कमरेड रोहितको शालिक अनावरण कार्यक्रममा रहेको पनि प्रवक्ता श्रेष्ठ २४ औं जनयुद्ध दिवस मनाउने क्रममा सरिक रहेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*