त्यो निलो गगन कस्ते होला ?

२९ माघ २०७५, मंगलवार २०:०३

गीत
म सम्झन्छु , तिमीले संझे , झन मेरो मन कस्तो होलो ?
तिम्रो मनमा बस्न पाए , हाम्रो जीवन कस्तो होला ?

म एक्लै छु तिमी एक्लै छौं
म बेग्लै छु तिमी बेग्लै छौ

तिम्रो मेरो मन मिल्यो भने, मनको बन्धन कस्तो होला ?
म सम्झन्छु ,तिमीले संझे, झन मेरो मन कस्तो होला ?

म पश्चिमको कालो बादल
तिमी बादलको बिजुली चंचल

तिमीसँगसँगै म पनि उडें भने हाम्रो सावन कस्तो होला ?
म सम्झन्छु , तिमीले संझे, झन मेरो मन कस्तो होला ?

तिमी चम्कन्छौं जूनकिरी सरी
म नन्दनको एक चरी

राती राती तिमी चम्किदिंदा, मेरो आँगन कस्तो होला ?
म सम्झन्छु ,तिमीले संझे, झन मेरो मन कस्तो होला ?

आँखामा टुलटुल हेर्दैछु
मनमनमा यो पनि भन्दैछु

आँखाको नानी वरि–परि, त्यो नीलगगन कस्तो होला ?
म सम्झन्छु तिमीले संझे, झन मेरो मन कस्तो होला ?

गोपालसिंह ‘नेपाली’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*