फिल्मी शैलीमा पत्रकार सोम दियाली माथी सांघातिक आक्रमणको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ , युएई को घोर भत्सर्ना

२९ माघ २०७५, मंगलवार १७:४९




माघ २९ युएई , दुबई फलेन्द्र बलमपाकी मगर
सर्लाहीको पहिलो सामुदायिक रेडियो सर्लाही रेडियो १०५.७ मेगाहर्जका स्टेशन म्यानेजर तथा नेपाली रेडियो नेटवर्क सर्लाही संवाददाता श्रमजीवी पत्रकार सोम दियाली माथी केही अज्ञात समूहले सुनियोजित तरिकाले सांघातिक हमला गरेका छन । गतसाता बागमती नगरपालिका का मेयर भरत कुमार थापाले ठेक्का पट्टाको बिषयमा वादविवाद हुँदा एक स्थानीय युवालाई हातपात गरेको समाचार सम्प्रेषण गरेको प्रतिसोधमा मेयर थापाले नै सुनियोजित तरिकाले फिल्मी शैलीमा यो आक्रमण गराएको हुनसक्ने अनुमान गरिएको छ।

यद्यपि यो आक्रमण जसले गरेपनी गराए पनि यो एकदमै निन्दनीय र दुखदायी हो । एक परिचित व्यक्तिले चिया पिउन बोलाएर हरिवन स्थित चतुरभुजेश्वर मन्दिर नजिकै रहेको चिया पसलमा चिया पिउनै लाग्दा माक्स लगाएका अपरिचित दुई व्यक्तिले निर्मम तरिकाले कुटपिट गरेका छन् ।। हाल स्वाभिमान अस्पताल हरिवनमा उपचारार्थ हुनुहुन्छ वहाँ खतरा मुक्त अवस्थामा हुनुहुन्छ ।

यसरी दिनदहाडै श्रमजीवी पत्रकार माथी हमला हुनु सिङ्गो पत्रकार संजाल माथी हमला हुनु हो। यस हमला को सर्वत्र बिरोध भएको छ र नेपाल आदिवासीइ जनजाति पत्रकार महासंघ , युएई पनि यस घटनाको घोर भर्त्सना गर्दै पीडितलाई क्षतिपूर्ति सहित आक्रमणकारीलाई कडा भन्दा कडा सजायको माग गर्दछ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*