सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर माथी सांघातिक आक्रमण,घटनाको चौतर्फी विरोध

२९ माघ २०७५, मंगलवार १७:३४

सर्लाहीः सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियाली माथी आज सांघातिक आक्रमण भएको छ । उनलाई हरिवन सुकेपोखरी मन्दिर नजिक रहेको चिया पसलमा मास्क लगाएका दुई युवकले सांघातिक आक्रमण गरेको पत्रकार दियालीले बताए ।ओठ र आँखामा गहिरो चोट लागेको पत्रकार दियालीको हरिवनको स्थानीय स्वभिमान अस्पातालमा उपचार भईरहेको छ भने उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

रेडियो सर्लाहीबाट डेढ किलोमिटर पर आफुलाई हरिवन नगरपालीका -११, बालगंगाका चिनजानका युवाले बिहान ११ बजे चिया पिउन भन्दै बोलाएका थिए । आफुसँग परिचित व्यक्ति भएको हुदा बोलाए पछि चिया पिउन गएको बताउदै उनैले कसैबाट परिचालित भएर आफुमाथी आक्रमण गराएको हुनसक्ने पत्रकार दियालीले आशंका व्यक्त गरेका छन् ।

समाचारको बिषयलाई लिएर कुटपिट भएको हो वा अन्य कारणले हो खुल्न अझैं सकेको छैन अनुसन्धान भैरहेको छ । बोलाउने ईफ्रान देवानलाई म्याद थप गरी ज्यान मार्ने उद्योगमा केस चलाएका छौं । आक्रमणमा संलग्नहरुको नाम पहिचान भैसकेकोले फरार २ जनाको खोजि तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताए ।

घटनाको बारे बुझ्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक पोखरेल, सशस्त्रका प्रमुख, हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाईले पत्रकार दियालीलाई अस्पतालमा भेटी उनको अवस्थाको बारेमा सोधपुछ गरेका छन् ।

त्यस्तै पत्रकार दियाली माथी आक्रमण भएको घटना प्रति घोर भत्सर्ना गर्दै पत्रकार महासंघ जिल्ला शाखा सर्लाही, प्रेस यूनियन सर्लाही, रेडियो नेटवर्क लगाएतका सञ्चार संगठनले प्रेस विज्ञप्ती जारी गर्दै दोषी उपर कडा सजाएको माग गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*