सन्दिपको उत्कृष्ट प्रदर्शन, मेलवर्न स्टार्स सेमिफाईनलमा

२७ माघ २०७५, आईतवार १७:०१

काठमाण्डौं-
अष्ट्रेलियामा जारी बिग बास लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको छ। नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन् सन्दिपले ३.४ ओभर बलिङ गर्दा ११ रन खर्चिएर ३ विकेट लिए। आदम जाम्पा र डानिएल ओरलले २-२ विकेट लिए।आठौं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै दिएर १ विकेट लिए । त्यसपछि १० ओभरमा ५ रन दिए । १२ औं ओभरमा पनि उनले १ रन दिएर १ विकेट लिए । १४ औं ओभरमा उनले सिड्नीको अन्तिम विकेट लिँदै जित निश्चित गरिदिए ।

जित्नै पर्ने दबाबका बीच घरेलु मैदानमा खलेको मेलवर्नले टस हारी पहिले ब्याटिङको निम्ता पाएको थियो । मेलवर्नले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । मेलवर्नका लागि कप्तान ग्लेन म्याक्वेलले ४३ बलमा ८२ रनको विस्फोटक पारी खेले ।

१६९ को सामान्य लक्ष्य पछ्याएको सिड्नीले सुरुमा राम्रो ब्याटिङ गरे पनि तेस्रो ओभरदेखि लगातार विकेट गुमेपछि १३।४ ओभरमा ७४ अलआउट हुँदा मेलवर्नको जित निश्चित भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*