सर्लाहीमा पानीले ७ करोडको ईटा गलेर नष्ट

२७ माघ २०७५, आईतवार १६:३७

सर्लाही-नष्ट शुक्रबार र शनिबार परेको पानीले सर्लाहीमा रहेको ७० वटै ईटा भट्टामा क्षती पु्याएको छ । ईटा बनाउन राखेको काँचो ईटा गलेर नष्ट हुँदा करिब ७ करोड बराबरको क्षति भएको सर्लाही ईटा उद्योग संघका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले बताए । उनको जिल्लामा दुईवटा ईटा भट्टा छ ।

एक ईटा भट्टाको पानीले गर्दा ईटा गलेर कम्त्तीमा १० लाख रुपैया बराबरको क्षती भएको छ । देखिने गरि मात्र मेरो ७ लाख काँचो ईटा नष्ट हुँदा १४ लाख रुपैया नष्ट भएको छ अरु त कोईला, जन आदिमा पनि असर पुगेको ईटा उद्योग संघ प्रदेश नम्बर २ का सह–सचिव तथा न्यू जय माता दी ईटा उद्योगका सञ्चालक मदन प्रधानले परिचर्चा न्यूज डटकमलाई बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*