जीवनको पिडा आँशुमा बगाई

२७ माघ २०७५, आईतवार १५:१७

गीत
जीवनको पिडा आँशुमा बगाई
ओठमा मुस्कान छरुँ म
खुशी सारा बसाइँ सरे
दुःखसँगै रमाउ म ।

सम्झना आउँछ ति अतित
गह नै भरि–भरि आउँछ
मन जल्छ झन्–झन् किन ?
एक्लो महशुस हुन थाल्छ ।
जीवनको पिडा आँशुमा बगाई ।

जीवनको हरेक मोडमा
पिडाले मुटु दुःखाई रह्यो
तर यो ओठको हाँसोले
जीवनलाई बाँच्न सिकाई रह्यो ।

आर्जु वि.क.
काठमाण्डौं, नैकाप


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*