लैङ्गिक हिंसा रोक्नको लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिनुु पर्नेमा जोड

२६ माघ २०७५, शनिबार २०:५५

सोम गुरुङ्ग, बाँके-
लैगिक हिंसा रोक्नको लागि किशोरीहरुलाई आत्मरक्षा तालिमको आवश्यक्ता रहेको एक कार्यक्रमका सहभागी किशोरीहरुले जोड दिएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा खजुरा गाउँपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा ३ दिने किशोरकिशोरीका लागि लैङ्गिक, यौन प्रजनन तथा बाल विवाह सम्बन्धि कानुनी प्रावधान बारे तालिममा सो कुरा बताएका हुन् ।

तालिममा खजुरा गाउँपालिकाका वडा नं.३ का किशोरी तथा बालक्लबका २६ जना सहभागिता रहेको छ । लैंगिक मैत्री वातावरण सृजना गर्न र बाल बिवाह न्यूनिकरण लागी खजुरा गाउँपालिकाका वडा नं.३ का किशोर किशोरीलाई ३ दिने तालिम प्रदान गरिएको स्याक नेपालका टिम लिडर तथा प्रशिक्षक नेत्रकला शाहीले जानकारी दिइन् । साथै उहाँले बालिका तथा किशोरीहरु यौन हिंसा र यौन दुव्र्यवहारमा बढी जोखिममा पर्ने हुुदाँ उनीहरुलाई तालिम दिई आफ्नो आत्मरक्षाको लागि सचेत बनाउन तालिम प्रदान गरिएको बताइन् । उहाँले बालअधिकार के हो ? लैगिंक हिंसा रोक्ने उपायहरुका बारेमा प्रशिक्षण समेत गरेका थिए ।

खजुरा गाउँपालिका वडा नं. ३ का सहभागी किशोरी प्रियंका थापाले आफूले यस तालिममा हिंसा भनेको के हो? हिंसा रोक्न कसरी सकिन्छ भन्ने बारे जानकारी भएको बताइन् । त्यसै गरि अर्का सहभागी आर्दश पौडेलले हिंसा कहाँ कहाँ हुुन्छनु र हिंसाबाट बच्ने उपाय बारे थाहा पाएको बताए ।

समाजमा बालबिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी व्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैङ्गिक मैत्री वातावरण सञ्चालन गर्नमा मद्दत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका सुपरभाईजर पुष्पा कुमारी सुनारले जानकारी दिईन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*