दरबन्दी अनुसार चिकित्सक पदपुर्ति गर्न विपक्षीलाई उच्च अदालतको आदेश

२४ माघ २०७५, बिहीबार १९:१७

सोम गुुरुङ,नेपालगञ्ज-
बर्दिया जिल्लाका नागरिकहरुलाई रोगको औषधी परिक्षण, औषधी उपचारको ब्यवस्था मिलाउनु, दरबन्दी अनुुसार चिकित्सक एवं अन्य र्काचारीहरु यथाशिघ्र पदपूर्ति गरि स्वास्थ्य सेवाको उचित प्रबन्ध मिलाउनुु र सेवाग्राहीहरुलाई आकस्मिक र आधारभूत स्वास्थ्य सेवाबाट कदापि वन्चित नगर्नु नगराउनुु भनी उच्च अदालत तुुलसीपुुर नेपालगञ्ज इजलासका  न्यायाधीश प्रेमराज कार्की र खुुशी प्रसाद थारुको संयुक्त ईजलासबाट विपक्षीको नाउँमा परमादेशको आदेश जारी भएको छ । 

परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ माग राख्दै २०७५ कार्तिक ८ गते उच्च अदालत तुलसीपुर ईजलाश नेपालगजंमा सार्वजनिक सरोकारको रिट परेको थियो । सो सार्वजनिक सरोकारको रिट निवेदन दिनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सदस्य लक्ष्मी ज्ञवाली, बर्दिया गुुलरिया नगरपालिका  वडा नं.४ निवासी सीमा हमाल रहेका छन् । विपक्षीहरुमा जिल्ला जनस्वास्थ कार्यालय बर्दिया, गुलरिया नगरपालिकाको कार्यालय बर्दिया, जिल्ला अस्पताल बर्दिया गुलरिया र जिल्ला अस्पताल बर्दिया गुलरिया सञ्चालन तदर्थ समिति बर्दिया रहेका छन् ।

२३ गते भएको बहसमा निवेदकहरुको पक्षबाट अधिवक्ताहरु,विश्वजित तिवारी, सुुनिल श्रेष्ठ र प्रल्हाद बहादुर कार्की समेतले बहस गरेका थिए भने विपक्षी तर्फबाट उच्च सरकारी वकील कार्यालय नेपालगञ्जका तर्फबाट उपस्थित शाखा अधिकृत खुुम बहादुुर कुुवरले बहस गरेका थिए ।  

  बर्दिया जिल्ला अस्पतालमा नेपाल सरकारले तोकेको दरवन्दी भएपनि सो दरवन्दी अनुुसार चिकित्सक,नर्स,कर्मचारीहरु पर्याप्त नहुुदाँ बिरामीहरु सेवासुविधाहरुबाट वन्चित हुुनुु परेको गुुलरिया नगरपालिका वडा नं.४ का स्थानीयबासिन्दा अमित चन्द बताउँछन् ।  हाल जनस्वास्थ्य सेवा ऐन २०७५ पनि लागुु भईको अवस्था छ । नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित प्रभावकारी ,गुणस्तरीय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुँच स्थापित गर्नको लागि जनस्वास्थ्य सेवा ऐन २०७५ को प्रस्तावना ऐ को दफा २ (क) मा आकस्मिक स्वास्थ्य सेवा, २ (ख) मा आधारभुत स्वाथ्य सेवा परिच्छेद २ मा सेवाग्राहीको अधिकार,कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्व दफा ३ स्वास्थ्य सेवाको पहुच तथा सुनिश्चितता,दफा ४ मा आकस्मिक उपचार,दफा ५ विशेषज्ञ सेवा,दफा ६ प्रेषण (रेफरल) सेवा दफा ७ मा गुणस्तीय स्वास्थ्य सेवा प्रदान गर्नै दफा १० मा सेवाग्राही लाई जानकारी दिनु पर्नै दफा १५ डिस्चार्ज (बहिर्गमन ) साराशं दिनु पर्नै,दफा १६ स्वास्थ्य संस्थाको दायित्व दफा २५ स्वास्थ्य संस्थाले गुणस्तर कायम गर्नु पर्ने समेतको कानुनी व्यवस्थारही आएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*