समृद्ध कर्णाालीका लागि काठमाण्डौंमा महोत्सव हुने

२४ माघ २०७५, बिहीबार १८:४५

काठमाण्डौ -आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डपमा हुने एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कर्णााली क्षेत्रको विकास र सम्भावनाहरूको खोजी गर्ने उद्देश्यले कर्णााली एक्स्पो हुने भएको छ ।

कर्णालीको गर्विलो इतिहास, कला-संस्कृति, पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र अन्य सम्भावनाका स्रोतहरुको खोजी गरिने उद्धेश्यले महोत्सव गर्न लागिएको समृद्ध कर्णाली अभियान तथा महोत्सव आयोजक समितिका उपसंयोजक प्रेमा लामाले जानकारी दिइन् ।

आगामी भिजिट नेपाल २०२० र पहिला देश अनि विदेश भन्ने नारालाई कर्णालीबाट बुलन्द पार्न पनि महोत्सव महत्वपूर्ण हुने लामाले बताइन् । कर्णालीका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा परम्परागत जीवनशैली, कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिने गरि महोत्सवमा स्टल राखिने संमृद्ध कर्णाली अभियान तथा महोत्सव आयोजक समितिका संयोजक उपेन्द्र शाहीले जानकारी दिए । तीन दिन सम्म चल्ने महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने युवा अभियान्ता किशोर न्यौपानेले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*