मलंगवामा निःशुल्क मोतियाबिन्दुको परीक्षण

२४ माघ २०७५, बिहीबार १८:१०

सर्लाही- CBM को आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ, सर्लाही, सगरमाथा चौधरी आँखा अस्पताल, लहान, मलंगवा आँखा अस्पताल तथा स्थानीय संस्था चेतना मलंगवाको संयुक्त आयोजनामा बिहिवारका दिन १ दिने निःशुल्क मोतियाबिन्दुको परीक्षण शिविर पब्लिक मा.वि.मलंगवा–२ मा संचालन भएको हो।

उक्त शिविरमा महिला ९० जना र पुरुष ६२ जना गरी जम्मा १५२ जना आँखाको रोगीहरुले आ–आफ्नो आँखा जाँच गराएकोमा ६४ जना मोतियाबिन्दु भएको रोगी फेला परेका छन् । उक्त ६४ जना मोतियाबिन्दु भएको व्यक्तिलाई निःशुल्क शल्यक्रिया (अप्रेशन) गराउन हेतु माघ २५ गते शुक्रवारको दिन मलंगवा आँखा अस्पतालमा बोलाईएको चेतना संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार जयसवालले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*