तीनै तहको सरकारको तालमेल विना “सुखी नेपाली समृद्ध नेपाल”को लक्ष्य हाँसिल हुन नसक्नेः जनार्दन शर्मा

२३ माघ २०७५, बुधबार २०:३१

सन्जु कर्ण, सर्लाही-
तीनै तहको सरकारको तालमेल विना “सुखी नेपाली समृद्ध नेपाल”को लक्ष्य हाँसिल हुन नसक्ने पूर्वमन्त्री जनार्दन शर्माले अनेरास्ववियद्धारा सर्लाहीको हरिवनमा आयोजित कम्यूनिष्ट आन्दोलन हिजो आज र भोली विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं अनेरास्ववियू पूर्व केन्द्रीय अध्यक्ष ठाकुर गैरे, केन्द्रीय सदस्य प्रह्लाद वुढाथोकी, लक्ष्मण पौडेल, डाचाराज वाग्ले, प्रदेश कमिटी सदस्य रेवती पन्त, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्य लगायतका नेता तथा विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शर्मा लगायतका वक्ताहरुले कम्यूनिष्ट आन्दोलन हिजो भन्दा आज कमजोर भएको बताएका छन् । हिजो कम्यूनिष्टहरु एक भएको बताउँदै वक्ताहरुले अबका दिनमा पनि कम्यूनिष्टहरु एक नहुँदा सम्म नेपाल समाजवाद तर्फ जान नसक्ने बताएका छन् ।

‘संघीयता कार्यान्वयको चरणमा रहेकोले तीनै तहका सरकारलाई आफ्नो अधिकार के र कति भन्ने विषय निश्चित नहुँदा त्यसले विकासका काममा ढिलासुस्ती उत्पन्न भएको छ’, जनार्दन शर्मा प्रभावकर– ‘स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले समेत आ–आफ्नो अधिकार र जिम्मेवारी अनुसार काम गरे समृद्धि छिट्टै हाँसिल हुन सक्छ।’

साँच्चै नै नेपालमा समृद्धि ल्याउने नै हो भने सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको भन्दै पूर्वमन्त्री शर्माले जनताका आधारभूत आवश्यकता पुरा गर्ने सवालमा, विकास निर्माणका सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष एक भएर अघि वढ्नु पर्ने धारणा राखेका छन् ।

नेपालमा भ्रष्टाचार मौलाएको प्रसंग जोड्दै भ्रष्टाचार अहिलेको प्रमुख समस्या भएकोले भ्रष्टाचार नियन्त्रण नगरे सम्म सरकार मात्रै हैन देश नै सफल नहुने शर्माको भनाई थियो । उहाँले लोभ मुक्त भएर, राष्ट्र र जनता प्रति उत्तरदायि भएर काम गर्न समेत आग्रह गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*