नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि २५० सेट कन्टेनर प्रदान

२३ माघ २०७५, बुधबार २०:०४

सन्जु कर्ण, सर्लाही -समाजसेवी एवं पूर्व साँसद नरेन्द्र साहले हरिवन नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि २५० सेट कन्टेनर प्रदान गरेका छन् । हरिवन नगरपालिकाले सुरु गरेको “क्लिन हरिवन, ग्रीन हरिवन” अभियानलाई सार्थक बनाउन भन्दै पूर्व साँसद साहले हरियो र रातो रंगका २५० सेट कन्टेनर प्रदान गरेका हुन् ।

आफ्नो क्षेत्रमा एक हजार जोडी कन्टेनर वितरण गरी गाउँ तथा नगरले सुरु गरेको सरसफाई अभियानलाई सार्थक बनाउने उदेश्यले आफूले हरिवन नगरपालिकाबाट कन्टेनर वितरण सुरु गरेको पूर्व साँसद साहले बताए ।

नगर प्रमुख गणेश प्रसाईको अध्यक्षता तथा पूर्व उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा नगरपालिकामा आयोजित कार्यक्रममा पूर्व साँसद साहले कन्टेनर प्रदान गर्नु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले “सुखी नेपाली संमृद्ध नेपाल”को लक्ष्य सरकार एक्लैले हाँसिल गर्न नसक्ने भन्दै नरेन्द्र साह जस्ता समाजसेवीहरुको साथ लिएर अगाडी बढ्नु पर्ने धारणा राखेका छन् । चुनावमा हारेर पनि पुर्व साँसद साहले विकास निर्माणमा पु¥याउनु भएको योगदानको सवैले सराहना गर्नु पर्ने पूर्व मन्त्री शर्माले धारणा राखेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*