सर्लाहीमा मूर्तियामा मुक्तेश्वर महोत्सव सुरु

२२ माघ २०७५, मंगलवार २२:१४

सन्जु कर्ण, सर्लाही-
बरहथवा नगरपालिका–९,मूर्तिया स्थित ऐतिहासिक मुक्तेश्वर मन्दिर परिसरमा सुरु भएको दोश्रो ऐतिहासिक मुक्तेश्वर महोत्सव २०७५ को उद्दघाटनका क्रममा गृहमन्त्री राम बहादुर थापा बादलले सर्लाहीको मूर्तियालाई ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

उहाँले मूर्तिया क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा घोषणा गर्दै मूर्तियालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न र मुक्तेश्वर मन्दिरको प्रचार प्रसार गर्न सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाए । सरकार जनताकै आवश्यकता पूरा गर्नका लागि बनेको भन्दै गृहमन्त्री थापाले यस क्षेत्रको विकास गर्ने र नागरिकको जीवन स्तर माथि उकास्ने ध्येयका साथ मूर्तिया क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेर काम गर्न सरकारलाई कुनै आपति नहुने बताइ । उहाँले यस क्षेत्रमा देखिएका सुरक्षा चुनौतीहरुलाई समाधान गर्दै सरकार अघि बढ्ने समेत बताए । समारोहमा बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले सोल्टी क्षेत्रमा प्रहरी कार्यालय स्थापनाको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । त्यस्तै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोेले वरहथवामा डिएसपी कार्यालय स्थापनाका लागि आवश्यक पहल गरि दिन गृह मन्त्री थापा संग आग्रह गरेका छन् ।

कार्यक्रममा विभिन्न जातजाती झल्कने झाँकी समेत प्रस्तुत गरिएको थियो । बरहथवा नगरपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ वरहथवाको सह आयोजनामा बरहथवा– ९ स्थित मूर्तियामा आज देखि २८ गते सम्म ७ दिन महोत्सव चल्ने आयोजकले बताएको छ । महोत्सवमा विभिन्न ५५ ओटा स्टल राखिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*