बहुमतको बलमा जे पनि गर्न सकिन्छ भन्ने दम्भका कारण ओली सरकार असफल हुँदै : विश्वप्रकाश शर्मा

२२ माघ २०७५, मंगलवार २१:५८

सन्जु कर्ण, सर्लाही
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको बलमा जे पनि गर्न सकिन्छ भन्ने दम्भका कारण केपी शर्मा ओली सरकार असफल हुँदै गएको बताएका छन् ।

आज प्रेस यूनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले मनपरि गर्ने र गर्न खोज्ने सरकारको शेखी अव काँग्रेसले झार्ने बताए । उनले माघ ११ गते संसदबाट पारित भएको चिकित्सा शिक्षा विध्येयकको प्रसंगमा कुरा गर्दै प्रधानमन्त्रीकै संलग्नतामा डा.गोविन्द केसी सँग गरिएको सम्झौताबाट पछि हटेर सरकारले जबरजस्ती विधेक पास गरेको कारण नेपाली काँग्रेसले देशव्यापी प्रदर्शन गरेको बताए ।

नेता शर्मा भन्छन्,‘बहुुमतको सरकारले जे पनि गर्न पाउँछ तर सरकारले गर्ने हरेक निर्णय, हरेक कदम जनताका पक्षमा हुँदैनन् भने प्रतिपक्ष चुप लागेर वस्दैन । काँग्रेस त्यस्तो प्रतिपक्ष हो जस्ले सरकारलाई रचनात्मक ढंगले सहयोग गरी रहेको छ । तर सरकार एक पछि अर्को गर्दै जनताको चाहाना र भावना विपरित कार्यमा अग्रसर हुँदै गएको छ ।’ उहाँले वाईडवढी प्रकरण, निर्मला हत्या प्रकरण लगायत पछिल्लो समय बढेको महंगीको विषयमा बोलेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*