बिजुली

२१ माघ २०७५, सोमबार २१:५३

बिजुली । यसरी बिलाउँछस्
कसरी जीवन–रङ्ग भोग्दछस् ?
छिनको यस जन्ममा तँ छस् ,
तर आँखा सबकको नचाउँछस् !

बल, तेज। शरीर, रुपको–
तँ उही एक मिलिक दृष्टिको !
भरजन्म मजा तँ गर्दछस्
अनि साफल्य लिएर मर्दछस् !

बिजुली नभुली म भन्दछु–
“जनको चाल यही म देख्दछु ।
तर जोश भयो निकौ घटी,
अझ लौ मद्दत दे सकेजति ।”

गोपाल पांडे


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*