क्रिकेटमा नेपाललाई ठुलो सफलताः टि–२० श्रृंखला पनि नेपालले जित्यो

२० माघ २०७५, आईतवार २१:०८

काठमाण्डौं- यूएईमा जारी टि–२० श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले यूएई माथी १४ रनको जीत दर्ता गरेको छ । यो जीतसँगै नेपालले टि–२० श्रृंखला माथी पनि कब्जा जमाएको छ ।
वर्षाले गर्दा १० ओभरमा खेलाईएको खेलमा यूएईले टस जितेर फिल्डिङ रोजेको थियो । कप्तान पारस खड््का २९ र सन्दिप जोराको २८ रनको मद्दतले निर्धारित १० ओभर भित्र नेपालले १०४ रन जोड््न सफल भयो ।

१०५ रनको लक्ष्य पछ्याएको यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिए । रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिए । यूएई ९० रनमै रोकियो यसरी नेपालले पहिलो टी-२० श्रृंखला जितेको हो ।

एकदिवसीयको सफलता दोहरियो
टी-२० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय श्रृखला खेलेको थियो । दुबै सिरिजमा नेपालको प्रदर्शनमा एउटा समानता रहृयो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै श्रृंखलामा २-१ को कब्जा ।

अविनाश बोहरा प्लेयर अफ दि सिरिज घोषित भए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*