सन्दिप र करण ईएसपिएन कृकईन्फो अवार्ड २०१८ मा मनोनित

१९ माघ २०७५, शनिबार १९:०४

काठमाण्डौं- सन्दिप लामिछाने र करण केसी क्रिकेट इएसपिएन कृकईन्फो अवार्ड २०१८ मा मनोनित भएका छन् । एसोसियट बलिङ पफर्मेन्स अभ २०१८ तर्फ डिभिजन २ मा केन्या विरुद्ध सन्दिप लामिछानेको स्पेल समावेश भएको छ । उक्त खेलमा उनले २० रन खर्चेर ५ विकेट लिएका थिए । सन्दिपसँगै अवार्डमा टम सोले, सफियान सरिफ,मोहम्मद नाभिद र अजिज खान रहेका छन् ।

त्यस्तै एसोसियट ब्याटिङ पफर्मेन्स अभ २०१८ तर्फ डिभिजन २ मा क्यानडा विरुद्ध करणको नट आउट ४७ रन समावेश भएको छ । क्यानडा विरुद्ध करणको नट आउट ४७ रनको मद्दतले विश्वकप छनौट प्रतियोगितामा नेपालले आफ्नो स्थान सुरक्षित गरेको थियो । एसोसियट ब्याटिङ पफर्मेन्स अभ २०१८ मा करणसँगै क्यालुम म्याकलियोड, जर्ज मुन्से, र निजाकट खान रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*