पाईला तिम्रो मै तिर सरे हुन्न र ?

१८ माघ २०७५, शुक्रबार २१:५१

गजल
पाईला तिम्रो मै तिर सरे हुन्न र ?
मीठा–मीठा बात अब गरे हुन्न र ?

बाटो भरि काँढा भए जस्तो लाग्यो
काँढा माथि फूल अब छरे हुन्न र ?

खोला पारि किन मुर्झाएर बस्छौं ?
गहिरो छैन खोला अब तरे हुन्न र ?

दुनियाँले देखें नाना थरि भन्लान
लुकाएर माया अब गरें हुन्न र ?

सपनीमा मात्र कति बाँच्नु म !
विपनीको धरातलमा झरें हुन्न र ?

प्रमोद श्रेष्ठ ‘अभागी’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*