डा.केसीले २४ औं दिनमा अनसन तोडे

१८ माघ २०७५, शुक्रबार २०:१४

तस्बिर : केशव थोकर


काठमाडौं( चिकित्सा शिक्षामा सुधारको माग राख्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले शिक्षण अस्पतालमा शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अनशन तोडेको घोषणा गरेका हुन् ।

अस्पतालका सरसफाई कर्मचारी अमृत पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन्। २४ औं दिनमा अनसन तोडेका डा.केसीलाई अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ। उनको स्वास्थ्य कमजोर भएकाले उपचार थालिएको छ।

आफूले अनशन जारी राख्दा बिरामीलाइ मर्का परेको तर माग पूरा गर्न राज्य संवेदनशील नभएकाले अनशन तोड्ने निर्णय गरेको डा. केसीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । २४ दिन पहिले उनले इलामबाट अनसन सुरु गरेका थिए । तर पछि स्वास्थ्यमा समस्या आएपछि रातारात काठमाडौं ल्याइएको थियो ।

काठमाडौं ल्याएपछि पनि डा. केसीले त्रिवि शिक्षण अस्पतालमा नै अनशन जारी राखेका थिए । तर डा. केसीले अनशन जारी राख्दा पनि सरकारले त्यसलाई बेवास्ता गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समेत पेलेर चिकित्सा शिक्षा विधेयक संघीय संसदबाट पारित गरेको थियो।

नागरिक अगुवाहरुको आग्रह अनुसार आफुले अनसन तोडेको केसीको भनाई छ। उनले आफूसँग भएका सहमति कार्यान्वयन गर्न सरकारलाई भनेका छन्। उनले आफ्नो संघर्ष जारी रहने समेत बताएका छन्। माग पुरा नभए १७ औं पटक अनसन बस्ने चेतावनी दिँदै समेत दिएका छन् । उनले राष्ट्रपतिले विधेयकमा पुर्नविचार गर्ने विश्वास व्यक्त गरेका छन्।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*