सर्लाहीको हरिवनमा मसाल जुलुस

१७ माघ २०७५, बिहीबार १९:३०

सर्लाही- नेपाल विद्यार्थी(नेवि) संघ केन्द्रीय समितिको निर्देशनमा सरकार विरुद्धको विरोध कार्यक्रम अनुसार देश भरिकोे सम्पूर्ण निकाय सँगै आज साँझ सर्लाहीको हरिवनमा पनि नेपाल विद्यार्थी संघ जिल्ला समितिको नेतृत्वमा मसाल जुलुस निकालेको हो ।

केहीबेर प्रहरीको अवरोधका बाबजुद पनि अन्तमा कोण सभा गरेर कार्यक्रम सम्पन्न गरेका हुन् । कोण सभामा युवा नेता बिप्लव कार्की र नेवि संघका जिल्ला सभापति विश्वजित रिजाले सम्बोधन गरेका थिए ।

निर्मलाले न्याय पाईरहेका छैनन्, टोलटोलमा बलत्कार, हत्या भैरहेका छन्, हामीलाई सरकार होईन स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार चाहिएको छ । आज सरकार मेडिकल कलेज माफियालाई बेच्दैं छ, मेरो छोरा नातिले डक्टर बन्न पाउँदैन भन्दा, त्यसको विरोध गर्दा पुलिसको लाठी खानु पर्ने ? हामी राणा, राजा सँग पनि डराएनउ आज केपी ओलीको पुलिस र बन्दुकसँग पनि डराउँदैंनउ भन्दै नेवि संघका जिल्ला सभापति रिजालले सरकारको विरोध गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*