कप्तान पारसको शतकसँगै नेपाललाई एक दिवसीय श्रृंखला

१४ माघ २०७५, सोमबार २२:१५

काठमाण्डौं- कप्तान पारस खड्काको शतकसँगै नेपालले यूएई विरुद्धको खेलमा तीन एक दिवसीय श्रृंखला माथी कब्जा जमाएको छ । २५५ रनको चुनौति पछ्याएको नेपालले ३२ बल बाँकी छदै ६ विकेटको क्षतीमा जीत निकालेको हो । नेपालले श्रृंखला २–१ ले जितेको छ ।

म्यान अफ दि सिरिज समेत भएका कप्तान खड्काले आज तेस्रो एक तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०९ बलको सामना गरी ११५ रन अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै पेभेलियन फर्किए को हो । उनले आज बलिङ तर्फ २ विकेट समेत लिएका थिए ।

पहिलो एक दिवसीय खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो । तेस्रो खेलमा पनि आफुले चाहे अनुसारकै परिणाम निकाल्दै नेपालले श्रृंखलामा कब्जा गरेको हो । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो र तेस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दा जित सम्भव भएको हो ।

श्रृंखला अन्तर्गत दोस्रो खेल जित्ने क्रममा नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले विश्व कीर्तिमान पनि बनाए । रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान रचे ।

आजको खेलमा नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ३५ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएका थिए । त्यसैगरि अर्का ओपनर वसन्त भण्डारी १७ बलमा केबल ९ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसैगरी दीपेन्द्र सिंह एरी १५ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए ।

त्यसपछि नेपालका लागि सन्दीप जोरा पनि २० बलमा १९ रन बनाउँदै क्याच आउट भए । सन्दीपपछि आएका रोहित पौडेल २४ बलमा १६ रन बनाएको अवस्थामा क्याच आउट भए । त्यसपछि आएका अरिफ शेखले नटआउट रहँदै २४ बलमा २१ रन बनाए । अन्तिक्रममा आएका सोमपाल कामीले पनि नेपालको पारी जितसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । जितका लागि छक्का हानेका उनले २५ बलमा २६ रनको शानदार पारी खेल्दै नेपाललाई जिताए


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*