फाटेको जुत्ता

११ माघ २०७५, शुक्रबार १२:०२

जुत्ता! जा पर जा न आ नगिचमा, फर्के के हाँस्दछस्?
फाटेको थुतुनो मलाइ किन यो बाएर देखाउँछस्?
तैंले मानिसको आगाडि किन हो साह्रै अटेरी बनाी
धेरैबाजी मलाइ हाय ! यसरी उल्लु तुल्याई सकिस्।।

मेरो खालि छ आजकाल बगली हो यो कुरा सत्य छ
मान्छेका मुटुभित्रको तर त्यै व्यक्तित्व के मर्दछ ।
साँच्चै के अब ता सहन्नँ म, छिटै निस्की उता बाहिर
के तेरो उपहास सुन्न म यहाँ बाँचिरहेको हुँ र ?

रातो रोगनले तँलाइ कतिको मैले सिंगारीसकें
तेरा मर्मत गर्न फेरि पैसा गुमाइसकें ।
तेरो मालिक हूँ म, किन्तु तँभने मेरा सबै दुःखमा
हाँस्छस् दङ्ग भएर छैन तर हा ! संकोच त्यो चित्तमा ।।

तेरो आयु बढोस् भनेर यसरी जे जे गरें कोशिश
होला शायद आज यो सब उहाँ उद्योगको बक्सिस ।
भैगो आज चिनें सुरुक्क अब जा इच्छा जहाँ लाग्दछ
टाढैबाट बुझिस् तँलाई अब यो मेरो नमस्कार छ !

गौतमबज्र बज्रचार्य


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*