नजरबन्द मा परेकि एक स्वर किन्नरी !

१ माघ २०७५, मंगलवार २०:१४

सालको पात टपरी हुने हे बरै , नहुने सल्लैको…………….. । हालै सर्वाधिक चर्चाको शिखरमा रहेकोे यो लोक दोहोरी गीत। हर व्यक्ति हर टिभी च्यानल , एफएम रेडियो , हर पार्टी , पिकनिक , विवाह , उत्सव , अनलाइन मिडिया र संचार माध्यम हरु मा नघन्किएको सायदै नहोला । हालसम्म युटुब च्यानल मा मात्रै यो गीतको २२,१८५,२३0 views पुगिसकेको छ। एकदसक पहिले लोक दोहोरी क्षेत्रमा । श्रोता तथा दर्शकमाझ सर्वाधिक लोकप्रियता हासिल गर्न सफल यी गायिका हुन , स्याङ्जा चापाकोट निवासी गायिका बिष्णु माझी। सांगीतिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउदै । श्रोता तथा दर्शक हरु को मन मुटुमा बस्न सफल यी गायिका । मिडिया तथा दर्शक हरु माझ भने ओझेलमा परेकी छिन । उनले स्वर भरेका हजारौं गीत हरु मा । भिजुअल बनाएर रातारात चम्केका मोडेल कृष्ण बिसि र सम्झना बुढाथोकी । अहिले नेपाली सांगीतिक क्षेत्रमा नचिन्ने कोहि छैनन् होला । धेरै श्रोता तथा दर्शकहरू ले उनको बारेमा । निक्कै चासो लिएर खोजी गरेता पनि उनी कहिल्यै पनि मिडियामा आउन चाहेनन् । उनको त्यो बाध्यता हो या त विवशता कसैले बुझ्न सकेका छैनन् । ११ वर्ष पहिले घर छोडेर काठमाडौ आएर उनी । सुन्दरमणि अधिकारी सँग लिभिङ टुगेदरमा बस्दै आएकि छिन । काठमाडौंमा आए देखी उनी आफ्नो परिवार सँग समेत सम्पर्कमा छैनन् ।

संचारकर्मी हरु ले गीत रेकर्डिङ स्टुडियोमा समेत गएर उनको अन्तर्वार्ता लिन कयौंपटक को कोशिश समेत गरे । तर ती सबै प्रयास हरु असफल हुँदै आएको छ। गीत रेकर्डिङ को सिलसिलामा होस या अन्य कुनै पनि कुरामा होस् । तिनै सुन्दरमणि ले नै सम्झौता गर्छन् । तस्बिरमा समेत स्पष्ट देख्न सकिन्छ । उनी कसैको नजरबन्द मा छिन । प्रायः उनी मुख छोपेर हिडेको।

देश तथा विदेशमा हुने विभिन्न किसिमको महोत्सव तथा उत्सव हरु मा । दर्शक तथा श्रोता हरु को धेरै माग छ । तर पनि उनी कहि कतै देखिदैन । कलाकार राष्ट्र को गहना हुन । तर एउटा राष्ट्र को गहना यसरी नजरबन्द मा हुनु दुर्भाग्यपूर्ण हो। महिला अधिकारका ठुला ठुला कुरा गर्ने महिला अधिकारकर्मीहरु किन मौन छन ? मानव अधिकार का लागि गठन भएका मानव अधिकार वादि संघ संस्था हरु किन यस विषय मा बोल्दैनन् ? विभिन्न नाम दिएर स्थापना भएका । कलाकार हरु को संघ संगठन किन मौन छन ? राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान ले किन उनको बारेमा खोजी गर्दैनन् ?? बलात्कार पछि हत्या गरिएका निर्मला पन्तको हत्यारालाई कडा सजायको माग गरेर सडकमा नाङ्गो जुलुस निकाल्ने हरु कहाँ छन ? सम्बन्धित निकायको ध्यान जाओस् ।

लेखक :

फलेन्द्र बलम्पाकी मगर

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ UAE का महासचिव तथा सर्लाही सेवा समाज, युएईका अध्यक्ष हुनुहुन्छ ।



यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*