मगर संघ शाखा युएईले- २५ जनवरीमा माघ्या सकराटी मनाउने

३० पुष २०७५, सोमबार १९:४३

फलेन्द्र बलम्पाकी मगर / युएई –

नेपालको १२५ जात जातिहरु मध्ये अधिक जनसंख्या भएको सामुदाय भित्र पर्ने मगर सामुदाय हो जसको आफ्नै लिपि, भाषा, भेषभुषा, परम्परा , चाड पर्व र संस्कृति छ । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको भुभागमा फैलिएर बसेका यी सामुदायको आफ्नै मौलिक धर्म नभएता पनि प्रकृति पुजक र धार्मिक बिबिधतामा आस्था राख्ने सामुदाय भनेर चिनिन्छ । (भुम्या पर्व ) जसमा प्रकृति र भुमिलाइ पूजा गर्ने गरिन्छ । त्यस्तै अर्को बिशेष महत्त्व राख्ने पर्वमा( मकर सकराटी ) यो पर्वमा आफ्नै मौलिक परम्परा भएको विभिन्न परिकारहरु बनाई बिशेष धुमधामका साथ यो पर्व मनाइने गरिन्छ । यसै सन्दर्भमा नेपाल मगर संघको प्रवास संगठन नेपाल मगर संघ शाखा, युएईले पनि आफ्नो परम्परा र संस्कृति लाई जोगाइ राख्ने उदेश्यले हरेक चाडपर्व हरु मनाउदै आइरहेको छ ।

यस बिशेष पर्व मकर सकराटी मनाउन नेमस शाखा , युएईले पनि एउटा बिशेष कार्यक्रमको आयोजना गर्न गइरहेको छ। यस कार्यक्रमलाई बिशेष सम्बोधन गर्नको निमित्त नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगर यहीँ आउदो जनवरी २५ तारीख युएईमा आउदै छन्। सांगीतिक मनोरञ्जन दिनको लागी नेपालबाट चर्चित डान्सर रीना थापा मगरको बिशेष प्रस्तुती रहेनछ । साथै युएईमा रहेका प्रतिभाशाली कलाकारहरूले पनि सांगीतिक मनोरञ्जन दिन कार्यक्रमको तयारीमा जुटिरहेको कुरा सांस्कृतिक विभाग प्रमुख राजेन्द्र (सिन्जाली ) मगरले paricharchanews.com का संवाददातालाई जानकारी गराए। कार्यक्रमको अन्तिम रुपरेखा तयारी भैसकेको र यस कार्यक्रमलाई हर्सोल्लाका साथ सम्पन्न गराउन सातैवटा इमिरेट्समा रहेका क्षेत्रीय अध्यक्षहरुलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको कुरा केन्द्रीय अध्यक्ष टंक थापा मगरले जानकारी दिए । कार्यक्रम आउँदो जनवरी २५ , रिट्च कार्ल्टन टावर होटेलमा दिउँसो १ बजे देखि हुनेछ


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*