सर्लाही सेवा समाज, युएईद्वारा दुबईमा नायक निखिल उप्रेतीलाई सम्मान 

२२ पुष २०७५, आईतवार १७:४२

फलेन्द्र बलम्पाकी मगर/ युएई
डिस्कोभरी रोयल स्पोर्ट्स प्रालि तथा Discovery Royal Sports LLC का संचालक चितवन निवासी ॐम उप्रेतीले  नेपालका ७७ वटै जिल्ला हरुमा मानव जीवनमा अत्यन्तै उपयोगी हुने विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि निःशुल्क प्राथमिक उपचार तालिम दिइने लक्ष्यकासाथ  हालै प्रहिलो र दोस्रो चरण अन्तर्गत १६ वटा जिल्लाहरुमा तालिम सम्पन्न गरि तेस्रो चरण अन्तर्गत १० वटा जिल्लाहरु लाभान्वित हुनेगरी  आगामी फाल्गुन ८ गतेदेखि ओखलढुंगाबाट, उदयपुर, ईलाम, भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङमा  निःशुल्क प्राथमिक उपचार तालिमको आयोजना गर्ने घोषणा सभा तथा सामाजिक संघसंस्था लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम दुबईमा सम्पन्न भएको छ।

नेपाली राजदुतावास , युएईका कार्यबाहक राजदुत सागर फुयालको प्रमुख आतिथ्य र नेपाली समाज , युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा बिशेष अतिथीमा रहेका   थिए। हरेक वर्ष युएईमा  नेपालीहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा मात्रै ३ मिलियन रुपैयाँ(३० लाख ) खर्च गर्दै आएको र मानवीय जीवनमा अति उपयोगी हुने यस्ता कार्यक्रमहरु सबै संघसंस्थाहरुले गर्नुपर्ने कुरामा बिशेष अतिथि सापकोटाले जोड दिए ।

यस निःशुल्क प्राथमिक उपचारतालिमका ब्रान्ड एम्बेसडरका रूपमा एक्सन नायक निखिल उप्रेतीले भुमिका निर्वाह गर्दै आउनु भएको छ। सोही घोषणा सभामा सहभागी हुन दुबईमा आउनु भएका सर्लाही जिल्ला निवासी एक्सन नायक निखिल उप्रेतीलाई युएईमा सक्रिय  रहेका सर्लाही सेवा समाज, युएईले  नेपाली चलचित्र जगतमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै  खादा तथा कदर पत्रद्वारा सर्लाही सेवा समाज, युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगरले सम्मान गरेको हो ।

उक्त कार्यक्रममा नायक निखिल उप्रेतीले आफ्नो छोटो मिठो मन्तव्यका क्रममा  गलत नेतृत्वका कारण देश विकास हुन नसकेको र विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई  मनमा नेपाल बोकेर हिड्न आग्रह गरेका छन्। सञ्चार माध्यमहरुले भ्रामक कुराहरुलाई मात्रै बढी प्राथमिकताका साथ लेख्ने र छाप्ने गरेकोमा असन्तुष्टि समेत व्यक्त गरेका हुन्।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*