श्रीलंकाको संसद बैठकमा कुटाकुट हुँदा एक सांसद अस्पताल भर्ना

२९ कार्तिक २०७५, बिहीबार १६:०९

कोलम्बो- श्रीलंकाको संसद बैठकमै सांसदहरुबीच कुटपीट हुदा एक सांसदलाई अस्पताल भर्ना गर्नु परेको छ । केही समय यता श्रीलंकामा दलीय तनाब बढेको छ ।

कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटपिट चलेको हो ।

सेतो र सफा कपडा पहिरनमा बैठकमा उपस्थित भएका थुप्रै सांसदहरु आपसमा मुक्कामुक्की नै गरेका थिए । झगडाबीच एक सांसद त विरोधी सांसदको प्रहारपछि भुईँमै पल्टिएका थिए ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*